खोटाङ : खोटाङको केपिलासगढी गाउँपालिका-२ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगाले टाउकोमा प्रहार गरी हत्या गरेका छन् ।
विहिबार साँझ पौने ७ बजेको समयमा आफ्नै घर तर्फ जाँदै गरेको अबस्थामा बाटैमा रहेका मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने घटनामा संग्लग्न रहेका निजकै भाई २० बर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।


































































