धरान : कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयले दिएको सवारी पास हिजो शनिवार देखि लागु हुने गरी खारेज गरेको छ ।
अव देखि अत्यावश्यक सेवाबाहेकका निजी तथा कार्यालयका गाडीहरू सवारी पासको आधारमा गुडन पाउने छैनन् । प्रजिअ पौडेलका अनुसार सुनसरी जिल्लामा लकडाउनलाई थप व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गरेको छ । जस अनुसार सवारी साधन अनुमति पत्र आवश्यक नपर्ने सवारी साधनहरू यस प्रकार रहेका छन् ।
एम्बुलेन्स, शवबाहन, दमकल, झन्डावाला सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा सङ्घ संस्थाहरू, संचारकर्मीको हकमा नेपाल सरकार सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त संचारकर्मीहरु, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरू, औषधी उत्पादक, ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा र अन्य सरकारी कार्यालयका कर्मचारीहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजे देखि ११ बजे सम्म कार्यालय जान र साँझ ५ बजे देखि ६ बजे सम्म निवासमा फर्कनका लागि मात्र आवागमनमा सहजीकरण गरिने छ ।
यस्तै खानेपानी मर्मत सम्भार वितरणमा संलग्न जनशक्तिले फोटो सहितको परिचयपत्र साथमा हुनुपर्ने, फोहोर मैला व्यवस्थापनमा परिचालित जनशक्तिले पनि फोटो सहितको परिचयपत्र साथमा हुनुपर्नेछ । ठुला खाद्य स्टोरमा कार्यरत जनशक्ति फोटो सहितको परिचयपत्र साथमा हुनुपर्नेछ । अत्यावश्यक वस्तु तथा सेवा खाना पकाउने ग्याँस, दूध तथा पानी ढुवानी र वितरण, खाद्यान्न, नुन, तेल, ताजा तरकारी र फलफूल आदि ढुवानी गर्ने मालवाहक सवारी साधनहरू, बैङ्क, मनी ट्रान्सफर, सहकारी संस्था, लगायतका वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा तोकिएको ड्रेसमा बिहान ९ः०० बजेदेखि ११ः ०० बजे सम्म कार्यालय जान र साँझ ५ः०० बजेदेखि ६ः०० बजे सम्म निवासमा फर्कनका लागि मात्र सवारी पास विना आवतजावत गर्ने अनुमति दिइनेछ ।
सङ्घीय संसद् केन्द्रीय माननीय सदस्यहरू (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका माननीय सदस्यहरूलाई परिचयपत्रको आधारमा आवतजावत गर्न सहजीकरण गर्ने, विद्युत्, टेलिकम र दूरसञ्चार प्रदायक संस्था एनसेल र इन्टरनेट मर्मत तथा केवल मर्मत कार्यमा संलग्न कर्मचारीहरू पनि कार्यक्षेत्रमा खटन पाउनेछन् । उनीहरूको पनि फोटो सहितको परिचयपत्र साथमा संलग्न हुनुपर्नेछ ।
जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू, गाँउपालीकाका अध्यक्ष तथा उपाध्यक्षहरूले प्रयोग गर्ने सरकारी नम्बर प्लेटका सवारी साधनहरू, पशुपक्षीको दाना अण्डा, कुखुरा र कुखुराको चल्ला लगायतका पंक्षिजन्य सामग्रीहरू ढुवानीमा संलग्न सवारी साधनहरू सञ्चालन गर्न दिइने छ । अन्यको हकमा कार्यालयबाट मिति २०७७ साल जेष्ठ ३ गतेपछि जारी भएको सवारी पासको आधारमा मात्र आवागमन गर्न दिइने छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी गरिएको सुचना :