काठमाडौं : भारतमा एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
संक्रमितमध्ये ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरसको (कोभिड-१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ ।