धरान : धरानमा निकै लामो छलफल र संम्वाद पछि अन्तिममा आएर चार दलीय गठबन्धन भएको छ । 

सत्तारुढ दलहरूबिच गएराति अबेर सम्म भएको छलफलले चार दलीय गठबन्धन गर्ने निर्णयमा पुगेको गठबन्धन दलका एक नेताले कपुरी न्युजलाई बताए । उनका अनुसार मेयर सहित नेपाली काँग्रेसले १३ वडा, माओवादी केन्द्रले उपमेयर सहित ४ वटा वडा, जनता समाजवादी पार्टीले २ वडा र नेकपा समाजवादीले १ वटा वडामा सहमति भएको छ ।

छलफलमा सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च पनि सहभागी भए पनि उसले गठबन्धनलाई नैतिक समर्थन जनाउने बताएको छ । यो सँगै राप्रपा र जनमोर्चाले समेत गठबन्धनलाई नैतिक समर्थन गर्ने बताइएको छ । 

गएराति अबेर सहमति भएको गठबन्धन पनि आज पत्रकार सम्मेलन गरेर गठबन्धनको आधिकारिक धारणा र निर्णय सार्वजनिक गर्ने बताइएको छ ।