चतरा : वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले वडा नं ११ मधुवनमा रहेको प्रहरी चौकीको कार्यालय भवनको अवलोकन गरेका छन् । पुरानो भवन जीर्ण भएको गुनासो आएपछि नगर प्रमुख कार्कीले कार्यालय पुगेर भवनको निरीक्षण गरेका हुन् ।
भवन पुरानो भएका कारण भवन जीर्ण बन्दै गएको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोपालप्रसाद बास्तोलाले बताए । ५ कोठे पक्की भवनको छत चुहिने र ढलान उक्किने गरेका कारण असुरक्षित भएको इन्चार्ज बास्तोलाले बताए। वर्षाको समयमा डुबान र ढलान खस्ने त्रासमा प्रहरी आफै बस्न बाध्य रहेको इन्चार्ज बास्तोला बताउँछन् । 
अवलोकन पछि नयाँ भवनको प्रकृयाकालागि लागिपर्ने नगर प्रमुख कार्कीले बताए । प्रहरी विभाग सँग पनि समन्वय गरेर योजना बनाउने कार्कीले बताए । उक्त अवलोकनमा वराहक्षेत्र-११ का वडाध्यक्ष कृष्णकुमार महतो, नेपाली काँग्रेसका नगर कार्यवाहक सभापति युवराज श्रेष्ठ लगाएको उपस्थित रहेको थियो।