चतरा : वराहक्षेत्र नगरपालिका वडा नं २ तेह्र आरडि स्थित सप्तकोसी नदिमा दाउरा खोज्ने क्रममा डुङ्गा पल्टिँदा स्थानीय बुद्ध चौकका २० वर्षीय अमर विष्ट बेपत्ता भएका छन् । 

बाढी आएको कोसीमा दाउरा निकाल्ने क्रममा आज बिहान करिब ९ बजेको समयमा डुङ्गा पल्टिएको थियो। प्रहरीका अनुसार ४ जना युवाहरू डुङ्गामा रहेका थिए ।

डुङ्गामा रहेका स्थानीय दुर्गा काफले, टिकराम बस्नेत र नितेश बस्नेतलाई सकुशल उद्दार गरिएको छ भने अमर विष्ट बेपत्ता रहेका छन् । प्रहरीका अनुसार बेपत्ता भएका विष्टको खोजी कार्य भइरहेको छ । खोजी कार्यकोलागि गोताखोर टोली, प्रहरी, स्थानीयहरु लागिपरेका छन् ।

घटनास्थलमा पुगेर नगर प्रमुख रमेश कार्कीले खोजी कार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई आग्रह गरेका छन् । डुङ्गा दुर्घटना भएको थाहा पाउन साथ घटनास्थल पुगेका नगर प्रमुख कार्कीले स्थानीयहरूलाई दुर्घटनाको जोखिमबारे  सचेत रहन आग्रह गरेका छन् ।