चतरा : प्राकृतिक रूपमा भइपरी आउने प्रकोपलाई रोक्न सक्ने तागत कोहीसँग पनि हुदैन् । तर प्रकोपबाट उत्पन्न हुने  विपत्तिलाई व्यवस्थापन र न्यूनीकरणका लागि वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की सक्रिय रूपमा लागि परेका छन् ।

नगर प्रमुख रमेश कार्की बिपत न्यूनीकरणको कार्यलाई प्राथमिकतामा राखेर नगरपालिका भित्र रहेका प्राकृतिक प्रकोपबाट जोखिममा रहेका स्थानहरूको स्थलगत अवलोकन गरिरहेका छन् ।

असार महिना लाग्न साथ नगर प्रमुख कार्की प्रकोपको हिसाबले जोखिममा रहेका क्षेत्रका अवलोकन गर्न सुरु गरेका थिए । वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने कोसी टपुमा कोसी नदिको कटान , वराहक्षेत्र वडा नं ४ र ५ मा सर्दु खोलाका कारण हुने बिपत्ति, वराहक्षेत्र नगरपालिका वडा नं १ मा खस्ने पहिरो ग्रस्त क्षेत्र , वडा नं २ स्थित खहरे खोलाका कारण हुन सक्ने प्रकोप लगाएका क्षेत्रमा पुगेर निरीक्षण तथा स्थानीयहरूको गुनासो सुनेका थिए । त्यस्तै चक्रघट्टिमा हुने डुबान , प्रकाशपुर , राजाबास , मधुवन क्षेत्रमा हुने कटान, डुबान र जङ्गली जनवारबाट हुने विपत्तिको समेत स्थानीयहरूको गुनासो सुनेका थिए ।

प्रकोपको उच्च जोखिममा रहेका वराहक्षेत्रवासीहरू बाढी, पहिरो, डुबान, जङ्गली जनवारको त्राससँगै जीवन निर्वाह गर्नु पर्ने बाध्यता रहेको छ । नगरवासीले भोग्दै आएको समस्यालाई समाधान गर्न स्थलगत निरीक्षण गरेको नगर प्रमुख कार्की बताउँछन् । नगर प्रमुख कार्की भन्छन् –“नगरपालिकाको साधन र स्रोत अधिकतम प्रयोग गरेर स्थानीयले भोग्दै आएको समस्या हल गर्न नगरपालिका लागि पर्ने छ । ठुला समस्यालाई प्रदेश र संङ्घिय सरकारसँग आग्रह गरेर भए पनि नगरवासीले भोग्दै आएको समस्यालाई अन्त्य गर्ने प्रयास गर्नेछु ।“