इटहरी : इटहरी उपमहानगरपालिका ५ का बाल गायक प्रितम आचार्यको नाममा अर्कै व्यक्तिले गीत गाएको विषयमा काठमाण्डौको किङ्स लाउन्जले माफी मागेको छ । २०७९ कात्तिक १ गते अपरिचित व्यक्ती प्रितम आचार्य हुँ भन्दै आएकाले गीत गाउन दिएको स्वीकार गर्दै लाउन्जले माफी मागेको हो । 
अपरिचित व्यक्तिको फोटो सहित प्रचार गरेको लाउन्जले अविश्वासिलो तर्क गरेको छ । लाउन्जका प्रबन्धक महेश थापाले शुक्रवार एक विज्ञप्ति जारि गर्दै १/२ वटा गीत गाउन अनुरोध गरेपछि प्रतिभालाई सम्मान गर्ने चलन अनुसार गीत गाउन दिएको बताएका छन् । प्रितम आचार्य भनेर अन्जान व्यक्तिको विज्ञापन गरेर व्यापार नगरेको प्रष्ट पार्ने कोसिस गरेका उनले सेवा भावको हिसाबमा निरन्तरता दिएको बताएका हुन् । 
आवश्यक परे प्रितम आचार्य हुँ भन्ने व्यक्तिलाई सबै सँग भेटाउने प्रयास गर्ने उनले उल्लेख गरेका छन् । अपरिचित व्यक्ती भनेर बारम्बार उल्लेख गरिएको तर सम्पर्कमै रहेको जानकारी गराइएकाले लाउन्जले नियतवश कार्यक्रम गरेको प्रष्ट भएको छ । जसको कारण ग्राहक वर्गका शंकाको सुविधा थपेको छ ।
 अन्त्यमा ग्राहकमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ । इटहरी उपमहानगरपालिकाले सद्भावना दूतको रूपमा घोषणा गरेका आचार्यको विषयलाई लिएर लाउन्जको चौतर्फी आलोचना भएको थियो । उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले आचार्यलाई देखाएर बौद्धिक अपराध गरेको बताएका थिए । इटहरी ५ का आचार्य प्रसिद्ध भारतीय च्यानल जी टिभी बाट सन् २०१९ को लिटिल च्याम्प प्रतियोगिताको दोस्रो रनरअप भएका थिए । 
kings-loung