सुनसरी: इटहरी उपमहानगरपालिकाले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ ।

आज एक कार्यक्रमको बीचमा कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसद्भावना दुत घोषणा गरेकी हुन् । उनले गायक आचार्यलाई सद्भावना दुत घोषणा गरेको प्रमाणपत्र प्रदान गरिन् । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेका थिए । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन् । उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको पनि बताइन् ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे । वालगायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको साथ र मायाप्रति धन्यवाद दिए ।
यसअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए । प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन । प्रितमले वालसदभावना दुत घोषणा कार्यक्रममा देशले रगत मागे मलाई वली चढाउ वोलको चर्चित गीत गाएका थिए ।