चर्चित लेखक, वरिष्ठ पत्रकार भवानी बरालले पत्रकारिताको सुरुवात धरानबाट प्रकाशित ‘विजयपुर’ साप्ताहिक बाट सुरु गरेको कुरा यता पूर्वाञ्चल प्रदेश १का साहित्य तथा पत्रकारितामा पुराना पुस्ता जो कोहीलाई थाहा भएकै कुरा हो । प्रगतिशील साहित्य तथा अन्य विधामा पनि निरन्तर लेख रचना लेख्दै आएका बराल एकताका सिस्नो पानी हास्य व्यङ्ग्य मार्फत पनि चर्चित रहे ।
मेरो छिमेकी उनै भवानी बरालले मेरो घरमा आएर उनको विभिन्न मितिमा प्रकाशित लेख रचनालाई सङ्कलन गरेको पुस्तक कैफियत हस्तान्तरण गर्दा मलाई खुसी लाग्यो । त्यसपछि मेरै घरमा हामीले सँगै भोजन गर्यौ ।
हो पनि हमीसंग सङ्गत भएका दाजुभाइ, इष्टमित्रलाई हामी भित्री आँखाले हेरेर नै मूल्याङ्कन गर्छौँ । यी दुई फोटामा तीन आँखा मात्र देखिन्छन् । एउटा आँखा चाहिँ लेखकको तेस्रो नेत्र अर्थात् ज्ञानचक्षु हो भन्ने अनुमान प्रस्टै गर्न सकिन्छ । मुखडा आकर्षक छ । लेखक हँसिला छन् । पुरै अध्ययन गर्नभन्दा पहिले मुखडाकै विषयमा यहाँ चर्चा गर्नु आवश्यकै होला ।
उनी बिदा भएपछि म पढ्न बसेँ । यी मध्येका धेरै लेखहरू मैले झिल्को डटकममा पढिसकेको थिएँ । मलाइ सुरुको पृष्ठले नै आकर्षित ग¥यो । अगाडिको आवरण फोटो उज्यालो छ । आँखाको हेराइमा एउटा साहित्यिक चातुर्यता जस्तो देखा पर्छ । सांसारिक पैसाको पछि पछि लाग्ने भय त्यो आँखाको विश्लेषण अर्कै ढङ्गले गर्नु पर्ने हुन्थ्यो । तर, मूलतः उनी प्राज्ञिक समूहका लेखक भएकाले यो फोटो डिजाइन गर्ने ग्राफिक्स मित्र समीर मुखिया सुनुवारले सोच विचार गरेरै पेण्टिङ गरेका हुन भन्ने मेरो अनुमान छ ।
यो फोटोको अर्को आकर्षण पक्ष भनेको बरालको जुँगा र टोपीलाइ मान्नु पर्छ । पैला हाम्रा बाबु बाजेको पालामा जुँगा राख्नु एउटा सान को विषय मानिन्थ्यो । तर अचेल जुँगा राख्ने प्रचलन प्रायः छैन । आवरण पृष्ठमा नै जुँगावाला फोटो राखेर सुरुमा नै पाठक वर्गलाई आकर्षित गरेका छन् ।
त्यसमाथि फुलबुट्टे ढाका टोपीले झन् शोभा बढाएको छ । अलिकति दोष भन्नै पर्दा कानको छेउमा कपालमा लगाएको पालिसको मसीको चुहावट देखिन्छ । फुलेकै कपाल देखाएको भए झन् परिपक्व देखिन्थ्यो ।
यो कभर पृष्ठको अगाडिको फोटो पछाडि अर्को एउटा त्यही फोटो ग्राफिक्स डिजाइनमा एउटा आँखा, एउटा कान, आधा जुँगा देखिने गरी राखिएको छ । मेरो विचारमा यो पछाडिको फोटोले मानिसलाई हेर्ने, नियाल्ने, प्रतिको धारणा बनाउने सङ्केत दिन्छ ।