इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले इटहरी अस्पतालबारे सङ्घीय संसद्मा आवाज उठाएका छन् । प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा अस्पतालमा डाक्टरको अभाव भएको र बिरामीको सेवा प्रवाहमा समस्या भएको बताएका हुन् । 
भएका एक जना एमडिजिपी डाक्टरलाई पनि काठमाण्डौं वीर अस्पतालमा सरुवा भएपछि इटहरीवासीले सेवा पाउन नसकेको उनले बताए । शून्य समयमा धारणा राख्दै चौधरीले दैनिक पाँच सय बढी बिरामी बहिरङ्ग र आकस्मिक सेवा दिने अस्पतालको पछिल्लो अवस्था बारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । 
स्वास्थ्य मन्त्रालयको नेतृत्व नेकपा एमालेका पदम गिरिले गरेका छन् भने स्वास्थ्य राज्यमन्त्रीमा रास्वपाकै डाक्टर तोसीमा कार्कीले जिम्मेवारी पाएकी छिन् । 
संसद्मा बोल्ने क्रममा सांसद चौधरीले स्वास्थ्य मन्त्रालयका सचिवले डाक्टर पठाउन आनाकानी, ढिलासुस्ती र लापरबाही गरेको बताए । मन्त्रीको निर्देशन समेत नटेर्ने सचिवको कारण इटहरीका साढे दुई लाख जनता सरकारी अस्पतालको उपचारबाट वञ्चित हुनु परेको गुनासो गरे । 
स्वास्थ्य क्षेत्रका लागि राज्यले लगानी अभिवृद्धि गर्दै राष्ट्रिय आवश्यकता अनुसार नियमन गरी गुणस्तरीय र व्यवसायीक बनाउन आग्रह गरे ।