धरान : पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका नवीन श्रेष्ठ विजयी भएका छन् । इलेक्ट्रोनिक भोटिङ मेसिन बाट भएको मतदानको अन्तिम परिणाम अनुसार श्रेष्ठ विजयी भएका हुन् । 
कूल १ हजार ८१८ मत मध्ये श्रेष्ठको पक्षमा ७८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)  का मन्दीप अधिकारीले ५५२ मत प्राप्त गरे । अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका अशेष रेग्मीले ३७० र राप्रविसंघका आभास अधिकारी ९४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । 
इन्जिनियरिङ क्याम्पसमा नेबिसंघले समाजवादी विद्यार्थी युनियन सँग तालमेल गरेको थियो । अन्तिम परिणाम अनुसार सचिवमा समाजवादी विद्यार्थी युनियनका राजनकुमार यादवले ६३९ मत प्राप्त गर्दै विजयी भए भने अनेरास्ववियुका सङ्कल्प खतिवडा ५६१ मत प्राप्त गरे । कोषाध्यक्षमा नेविसंघकै महेश्वरप्रसाद भट्टले सर्वाधिक  एक हजार ४५ मत प्राप्त गरे । 
८ निर्वाचित सदस्य मध्ये नेविसंघले ५ सदस्य, अनेरास्वियुले २ र क्रान्तिकारीले १ सदस्यमा विजय हासिल गरेका छन् समानुपातिकमा पनि नेविसंघ बलियो देखिएको छ । नेबिसंघले ६५१ मत प्राप्त गर्दा अनेरास्वियुले ३३५, अखिल क्रान्तिकारीले २५४, समाजवादी विद्यार्थी युनियनले २५४ र राप्रविसंघले १५६ मत प्राप्त गरेका छन् ।