- रश्मि प्रधान
 
धरान : नेवार एकता समाजले १६ वर्ष भन्दा कम उमेरका किशोर, किशोरीलाई मादक पदार्थ एवं धूम्रपानका वस्तु बिक्री वितरणमा सरकारी तहबाट बन्देज गराउन पहल गर्ने भएको छ ।
समाजको नवनिर्वाचित कार्यसमितिद्वारा तर्जुमा गरिएको आगामी नीति तथा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
समाजका अध्यक्ष महेश श्रेष्ठका अनुसार समाजले पहिलो चरणमा बालबालिका तथा किशोर, किशोरी विकाश सम्बन्धी सङ्घ, संस्थाहरू सँग समन्वय गरेर विद्यालय तथा जनस्तरमा जनचेतना मूलक कार्यक्रम गर्नेछ ।
दोस्रो चरणमा मादक पदार्थ तथा धूम्रपान विक्री वितरण गर्नेलाई कानुनी रूपमा बन्देज गराई कारबाही गराउन स्थानिय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई ज्ञापन पत्र बुझाउने, लबिङ गर्ने लगायतका दबाब मूलक अभियान सञ्चालन गर्नेछ ।
विपन्न तथा असहाय उच्चशिक्षा अध्ययन अध्ययनबाट वञ्चित युवा, बालबालिकालाई अध्ययन गर्ने व्यवस्था तथा बालबालिकालाई नियमित विद्यालय पठाउन अभिभावकलाई अभिप्रेरित गर्ने अभियान सञ्चालन गर्नेछ ।
वृद्धवृद्धालाई सम्मानित गरी जीवन सार्थक बनाउने कार्यक्रममा सहभागी गराउने भएको छ । वडा टोल कमिटीहरू सँग सहकार्य गरी उनीहरूको अवस्थाका बारेमा सर्वेक्षण गरी कार्यक्रम तय गरिने बताइएको छ ।
नेवार समुदायका अन्तरजातीय वैवाहिक सम्बन्धमा रहेका चेलीहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई सङ्गठित गर्दै सशक्तीकरण गरिने छ । उनीहरूको पारिवारिक, सामाजिक अवस्थाको तथ्याङ्क गरी न्यायिक सुरक्षाका लागि समाजले अभिभावकत्व ग्रहण गर्ने छ ।
नेवार परिवार र समाजमा जन्मदेखि मृत्युसम्मका संस्कार नेवारी परम्परा र विधि अनुसार गराउन सचेतना गराउने,उद्योग तथा व्यवसायलाई परामर्श र नयाँ व्यवसाय स्थापना गर्ने अभियान समाजले सञ्चालन भएको छ ।
हाल धरानका वडाहरूमा विस्तार भएको समाजको सङ्गठन विस्तार गरेर प्रदेश स्तरीय बनाउने लक्ष्य राखिएको पनि अध्यक्ष श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा जरी विज्ञप्ति अनुसार तत्कालीन माओवादी द्वन्द्व, जातीय मुक्ति आन्दोलनमा ओखलढुङ्गामा उज्जैन श्रेष्ठ, गणेश श्रेष्ठ ,धरानमा खगेन्द्र श्रेष्ठको हत्या भएपछि जातीय संस्था र दलको आवरणमा धम्कीलाई दुरुत्साहन गर्न समाजको स्थापना भएका हो ।
पत्रकार सम्मेलनमा समाजका संस्थापक सभापति राजेशमान श्रेष्ठ श्रेष्ठ उपस्थित थिए । उनको नेतृत्वमा धरानका सचेत नेवार समुदायले २०६८ सालमा समाजको स्थापना भएको हो । यसअघि नेवा पत्रकार दबुको सडक सङ्घर्षले यसको पृष्ठभूमि तयार गरेको विज्ञप्तिमा उल्लेख छ ।
समाज कार्यक्रम कार्यान्वयन गर्ने २२ वटा समिति गठन गरिएको छ । समितिका संयोयजकहरुमा अन्तर्राष्ट्रिय जन सम्पर्क समितिमा सुजाता श्रेष्ठ ,राष्ट्रिय जन सम्पर्क समिति दीपेन्द्र श्रेष्ठ कसजू सङ्घसंस्था समन्वय समिति सुरेन्द्रमान स्थापित व्यवसाय प्रवर्द्धन तथा परामर्शमा दिनेश श्रेष्ठ छन् ।
यस्तै जन स्वास्थ्य सेवा समितिमा हरिकृष्ण श्रेष्ठ भाषा, साहित्य तथा कला प्रवर्द्धन समितिमा प्रदीप श्रेष्ठ ,संस्कार तथा संस्कृति प्रवर्द्धन समितिमा विद्या शाक्य, शिक्षा तथा छात्रवृत्ति प्रवर्द्धन समितिमा अतुल श्रेष्ठ प्रवक्ता तथा पत्रकार समन्वय समितिमा भोला श्रेष्ठ , क्षमता अभिवृद्धि तथा सिप विकाश समितिमा राजकुमार श्रेष्ठ, रोजगार सृजना तथा प्रवर्द्धन समितिमा देवप्रसाद श्रेष्ठ छन् ।
वृध्दवृध्दा एवं असहाय सेवा समिति सोहन श्रेष्ठ , महिला विकाश तथा सेवा समिति मञ्जुला श्रेष्ठ (मञ्जु),युवा विकाश तथा सेवा समिति हिमाल श्रेष्ठ ,बालबालिका तथा किशोर किशोरी विकाश समिति पुष्पा प्रधान छन् ।
घरेलु उद्योग समन्वय तथा बजार प्रवर्द्धन समिति नेतृत्व क्षमता अभिवृद्धि तथा समन्वय समिति मोहन श्रेष्ठ , सङ्गठन विस्तार तथा व्यवस्थापन समिति सुमन श्रेष्ठ ,आर्थिक व्यवस्थापन तथा प्रवर्द्धन समितिमा,विष्णु श्रेष्ठ सुन्दरी, कानुनी परामर्श तथा सामाजिक मेलमिलाप समिति सोहन ताम्रकार , बुद्धिजीवी समन्वय समितिमा संरक्षक विशाल श्रेष्ठ, अक्षय कोष प्रवर्द्धन परिचालन समितिमा राजेशमान श्रेष्ठ रहेका छन् ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































