काठमाडौँ : निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ।

श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा माया प्रेम सँगै, सामाजिक कथालाई विशेष स्थान दिइएको छ।

किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता शान्ता पौडेल, मनीषा पाठक, मेनुका घिमिरे, कैलाश राई  टिआर साम्सोहाङ सह-निर्माता रहेका छन्।

पूर्वमा छायाङ्कन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई,सारा लोहोरुङ राई, भीम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई,सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।

भुमिसा प्रोडक्सन सँग इस्ट मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको सङ्गीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायाङ्कन तथा सम्पादन, पृष्ठभूमि सङ्गीत शैलेन्द्र बाबु प्रधानको, निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना, कला निर्देशन विमल लिम्बू र निशान लुइँटेलको रहेको छ।

भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा संवाद लेखेका हुन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाई काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।