धरान : भिजन फिटनेसले धरान नगर स्तरिय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ । ‘जुनियर मिस्टर भिजन च्याम्पियनसिप २०८०’ प्रतियोगिता आउँदो फागुन १९ गते आयोजना गर्ने तयारी सुरु गरिएको हो ।

धरानमा भिजन फिटनेसको पाँचौ जुनियर मिष्टर भिजन उपाधिको प्रतियोगिता छैटौँ आयोजना हुनेछ । बुधवार आयोजित पत्रकार सम्मेलनमा फिटनेसका अध्यक्ष केशव श्रेष्ठले पाँचौ जुनियर च्याम्पियनसिप प्रतियोगितामा यसअघिका वडिबिल्डिङ प्रतियोगिताका विजेताहरूले सहभागिता हुन नपाउने बताए । 

भिजन फिटनेसले पहिलो पटक २०६८ मा मिष्टर धरान प्रतियोगिता आयोजना गरेको थियो । छैटौँ संस्करणमा धरान उपमहानगर भरिका शारीरिक सुगठन खेलाडीहरू प्रतिस्पर्धामा सहभागी गराउँदै जुनियर मिष्टर भिजन च्याम्पियनसिप गर्न लागिएको जनाइएको छ ।  

प्रतियोगिता फागुन १८ मा प्रीजजिङ र दोस्रो दिन फाइनल चरणका खेलहरू हुने बताइएको छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समूहमा प्रतिस्पर्धा हुने भिजन फिटनेसका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा ओभरअल राउन्डको विजेताले नगद ५० हजार, दोस्रो हुने खेलाडीले २५ हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुने खेलाडीले नगद १० हजार पुरस्कार पाउनेछ । यस्तै, बेस्ट इम्प्रुभमेन्ट, बेस्ट पोजर, बेस्ट मस्कुलर र बेस्ट टिमले नगद ५ हजार सहित व्यक्तिगत पुरस्कार पाउनेछन् ।