वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र धाममा माघ एक गते लाग्ने मकर सङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका अनुसार मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठका अनुसार 'भक्तजन तथा तीर्थयात्रीलाई स्वागत गर्न वराहक्षेत्र धाम तयार रहेको छ', व्यापार, व्यवस्थापन, सुरक्षा लगायत व्यवस्थापन भइरहेको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीले मेलामा सुरक्षा व्यवस्थापन गर्ने उनले बताए ।

पौष मसान्तको रातदेखि माघ १ गते र २ गते लाग्ने मेलाका लागि सरसफाइ र रङरोगन लगाई सकिएको तथा व्यापारीका लागि स्टल र स्नान घाट व्यवस्थापन गर्न कार्य भएको संरक्षण मञ्चका कार्यालय सचिव गङ्गा मगरले बताए ।

माघ एक गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । बराह पुराणका अनुसार माघ एक गतेबाट उत्तरायण सुरु हुन्छ र देवताहरू जागृत हुन थाल्छन् । सोही दिन देखि सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । यस दिन ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा पुण्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइन भनाइ रहेको वराहक्षेत्रका पण्डित योगेश भण्डारी बताउँछन् । यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् भने शुद्ध मनले स्नान गरेर वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हुन जनविश्वास र किंमदन्ति समेत रहेको छ । उक्त दिन मेला भर्न मकर स्नान गर्न नेपाल बाहिरबाट पनि त्रितालुहरू आउने गर्दछन् । माघे मेलामा कोका कौशिकीको सङ्गम स्थलमा गएर स्नान गर्ने परम्परा रहेको छ ।

कोकाह-कौशिकीको सङ्गममा स्नान गर्न देश विदेशबाट भक्तजन आउने संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताउँछन् । सनातन कालदेखि स्नान गर्ने पर्वको रूपमा मनाउने माघे मेलाको अवसरमा नदिहरुका सङ्गम स्थलहरूमा धार्मिक मेला लाग्ने गर्दछ । सोही अवसरमा हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको वराहक्षेत्र धाममा लाग्ने माघे सङ्क्रान्ति मेला संसारमै प्रसिद्ध रहेको संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताउँछन् ।

मकर स्नानसँगै मेलामा स्थानीय क्षेत्रमा उत्पादित बस्तुसँगै होटेल, प्रसाद, फलफूल, तरुल, बदाम, सुन्तला जस्ता बस्तुहरूको समेत व्यापार बढ्ने छ । माघ संङ्ग्रान्तिका दिन लाग्ने माघेमा मेला तरुल, सुठुनी, बदाम, सुन्तला नागबेली, सुर्यकुण्डका हर्दी, अदुवा जस्ता बस्तुहरू आगन्तुकको रोजाइमा पर्ने गरेको र मेलामा करिब ५० हजार भन्दा बढी तिर्थालु आउने वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेको भनाई छ ।