धरान : धरानका संस्थागत तथा सामुदायिक माविका प्लस टुका विद्यार्थीहरू बिच हुने वक्तृत्वकला प्रतियोगीताका लागि २० जना विद्यार्थी छनौट भएका छन् ।   

पहिलो चरणको शनिवार भएको प्रतियोगिताबाट उनीहरू चयन भएका हुन् । छनौट चरणमा १९ विद्यालयका २९ विद्यार्थी सहभागी थिए । प्रतियोगिता र्‍याडिकल लाइट नामक प्रालिले गरेको हो ।

छनौट भएका विद्यार्थीहरूमा विष्णु मेमोरियलका लक्ष्मी राई, धरान माविका विदिशा अग्रवाल र स्नेहा श्रेष्ठ, धरान आदर्शका राजीव बास्कोटा, विजयपुर माविका सुमन राई, शिक्षा निकेतनका सजिना ताम्राकार, शारदा बालिकाका अनुस्का राई, हिबिस्कसका सुप्रीया तामाङ र समष्टिना श्रेष्ठ, पब्लिक हाई स्कुलका रामप्रसाद विश्वकर्मा र कृयता श्रेष्ठ छन् ।

मेघा हिमालयनका सम्पन्न सुवेदी र पार्वती शाह, नवोदयका स्नेहा निरौला र शीतल अधिकारी, पब्लिक माविका गरिमा पौडेल, शिक्षा सदनका जेनिशा राई, चन्द्र संस्कृतका सृजन खतिवडा र रिषिराज गौतम र ज्ञानोदयका अनिसा कार्की छन् ।