इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारकै क्रममा सोमबार राति ११ः३० बजे निधन भएको हो ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । झापा काँग्रेस वृत्तमा सेतो बाघ उपनामले चर्चित झापा शनिश्चरे निवासी बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भए ।

८० वर्षीय बुढाथोकी हक्की स्वभावका नेता थिए । अहिले बिहान विराटनगरबाट पार्थिव शरीरलाई घर पुर्‍याएर ११ बजे माई धारमा दाहसंस्कार गरिने परिवार श्रोतले जनाएको छ ।