धरान : ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचका क्रममा आइतबार इनरुवा-४ बाट भारतीय गाडीमा दुई करोड गणना हुने नक्कली नेपाली नोट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीन कृष्ण भण्डारीका अनुसार घट्नाको विस्तृत जानकारी सोमवार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छ ।

कोशी प्रदेशमा पछिल्लो समय नक्कली नोटको अपराध बढेको प्रहरीले जनाएको छ । भारतबाट नेपाल भित्रिने नक्कली नोटको सङ्ख्या बढ्दै गएको छ । यो घटनामा पनि दुई जना भारतबाटै नक्कली नोट लिएर आएका छन् । चालक पक्राउ परेका छन् । अर्का एक जना भने फरार छन् ।

नक्कली नोट उनीहरूले होटेल, रेस्टुरेन्टको बिल तिर्ने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका छन् । यसअघि इटहरीबाट १५ लाखभन्दा बढी नक्कली नोट सहित दुई जना पक्राउ परेका थिए ।