वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा लागूऔषध दुर्व्यसन, साइबर क्राइमको विरुद्धको सचेतना तथा बालबालिका मनोविमर्श अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय सामाजिक संस्था नयाँ पिँढीको आयोजना र वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना भएको थियो ।

नगर भित्र रहेका १५ वटा माध्यमिक तहका सामुदायिक विद्यालयमा पुगेर कक्षा-९ देखि माथिका विद्यार्थीहरू लागूऔषध दुर्व्यसन, साइबर क्राइमको विरुद्धको सचेतना तथा बालबालिका मनोविमर्श सम्बन्धी अभिमुखीकरण गरिएको थियो । विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राईले सहजिकरण सचेतना गराएका थिए ।

सोमवार नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्ययतामा उक्त लागूऔषध दुर्व्यसन, साइबर क्राइमको विरुद्धको सचेतना तथा बालबालिका मनोविमर्श अभिमुखीकरण कार्यक्रम समापन गरिएको थियो ।

नयाँ पिँढीका अध्यक्ष अर्जुन दोङ्ग तामाङ्ग (शिसिर) को सभाध्यक्षयतामा उद्घाटन भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, उप-प्रमुख नन्दकुमारी सुनुवार, वडा नं ५ का अध्यक्ष रोहित काफ्ले, वडा नं ८ का अध्यक्ष रोशन खड्का, वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवशी, वडा नं ११ वडा सदस्य महेन्द्र प्रसाद मेहता, शिक्षा शाखाका प्रमुख उप-सचिव देबेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राई लगायतको उपस्थिति रहेको थियो ।

वराहक्षेत्र नगरपालिकाको कार्यालयको सहयोग र इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको सहजिकरणमा हुने उक्त कार्यक्रम नगर भित्र रहेका १५ वटा सामुदायिक विद्यालयमा पुगेर कक्षा-९ देखि माथिका विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसन, साइबर क्राइमको विरुद्धको सचेतना तथा बालबालिका मनोविमर्श अभिमुखीकरण गरिएको नयाँ पिँढीका अध्यक्ष अर्जुन दोङ्ग तामाङ्ग (शिसिर) ले बताए ।

समापन समारोहको अवसरमा वडा नं ८ वडाध्यक्ष रोशन खड्का, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राई, महिला अधिकारकर्मी छविना मगर, पत्रकार सङ्गम बिस्ट र दीपक पुरिलाई सम्मान गरिएको थियो ।