धरान : धरान-१७ रेल्वेबाट ३२ वर्षीय जीवन राई र २५ वर्षीय मनिष लिम्बुलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

उनीहरूलाई आइतबार अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरीले ट्रामाडोल ८२० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार यसैगरी मेचीनगर नगरपालिका-६ बाट भारतदेखि नेपाल आउँदै गरेका १९ वर्षीय निर्दोष डाँगीलाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले डाँगीबाट ३ ग्राम ५२० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।

यस्तै विराटनगर-१६ बाट २० वर्षीय जिवछ खत्वे र उर्लाबारी-४ का ३३ वर्षीय सबिन बुढाथोकीलाई लागुऔषध नियन्त्रण ब्युरोको प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूबाट लागुऔषध नाईट्रोजेपाम ३० चक्की बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।