धरान : नेपाली काँग्रेसले धरानमा 'ग्रीन एण्ड क्लीन धरान' अभियान शुरु गरेको छ । वडा वडाको टोल टोल पुगेर घरदैलो पुगेर वृक्षारोपणका लागि बिरुवा वितरण गर्दै अभियान शुरु गरिएको हो ।

संस्थापक नेता बिपी कोइरालाको ४२औँ स्मृति दिवस मनाउँदै धरान वडा १९ वाट शुरु अभियान गरिएको छ । अभियानमा घर वरिपरि, करेसाबारीमा लगाउन मिल्ने कागती, अम्बक, सरिफा, वेल, अमला, तेजपत्ता लगायत फलफूलका बिरुवाहरू वितरण गर्न थालिएको हो।

अभियानकै रूपमा सडक सरसफाइ र डेङ्गु लार्भा नष्ट तथा डेङ्गुबारे सचेतना बढाउने पर्चा वितरण पनि गर्न थालिएको छ । स्थानीयका घर घरमा डेङ्गु बिरामीहरूलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ ।

काँग्रेस सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटन गरेका हुन । उनले अभियानले जनताको मन जित्ने हुँदा सञ्चालनकर्ता काँग्रेस क्षेत्रीय समितिको प्रशंसा गरे ।

अभियानका संयोजक काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गत वर्ष पनि गरिएको यो अभियान जनप्रिय र प्रभावकारी भएकाले गत वर्ष पुग्न नसकिएका धरानका टोल बस्तीहरूका लागि पुनः अभियान सञ्चालन गरिएको बताए ।

उनका अनुसार धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरूमा अभियान सञ्चालन गरिने छ ।

अभियान काँग्रेस सुनसरी १ क्षेत्रीय समितिको आयोजना, धरान नगर समिति, प्रदेशसभा क र ख समितिको संयोजन, महिला सङ्घ, नेविसंघ, तरुण दलको सहकार्यमा सञ्चालन भएको हो ।

अभियानलाई वडा समितिले व्यवस्थापन गर्ने क्षेत्रीय सहसचिव सुमित राईले बताए । अभियान भदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

clean-n-Green-dharan-abhiya