झापा : दुर्गा प्रसाईँका पीडीएफका जिल्ला संयोजक भीम तुम्बापो पक्राउ परेका छन् ।
आज दिउँसो शिवसताक्षी-१ स्थित धरमपुर बजारमा हिँडडुल गरिरहेको अवस्था राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको भ्रातृ सङ्गठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला संयोजक तुम्बापोलाई प्रहरीले पक्राउ गरेको हो ।
तुम्बापोलाई कन्काई-८ बिरिङ पुल र बिर्तामोड-६ गिरीबन्धु टी इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा २ वटा ट्रकमा भएको आगजनीमा संलग्न भएको हुन सक्ने आशङ्कामा पक्राउ गरिएको बताइएको छ ।