धरान : सहिद स्मृति मावि धरान–८ मा कक्षा ११–१२ सञ्चालित प्राविधिक विषयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न धरान–१४ का सुरेन्द्र घिमिरेले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
घिमिरेले जन्मदिन मङ्सिर १५ गतेको अवसरमा पूर्व सन्ध्या आज शुक्रवार सहिद स्कुलका विद्यार्थीहरूका लागि अक्षय कोष स्थापना गरेका हुन । अक्षयकोषबाट प्राप्त व्याजले कक्षा ११ र १२ मा प्राविधिक विषयका विद्यार्थीलाई स्कुलले छात्रवृत्ति सहित शैक्षिक सामाग्री प्रदान गरिने उनले बताए ।
घिमिरेले भने जन्म थलो इलाम भए पनि कर्मथलो धरान रहेका कारण पैसाको अभावले जेहेन्दार विद्यार्थीहरू पढ्नबाट वञ्चित हुन नपोस भन्ने उद्देश्यले सामुदायिक स्कुल धरानमा अक्षयकोष स्थापना गरेको हु ।’
घिमिरे आफै पनि पूर्वी पहाडी भेगमा जन्मेर इलामको सरकारी स्कुलमै पढेको विद्यार्थी हुन। छात्रवृत्ति प्रत्येक वर्ष घिमिरेको जन्म दिनको अवसरमा प्रदान गरिने सहमति भएको छ ।
घिमिरेले पिता स्वर्गीय कमलापति घिमिरेका नाममा अक्षयकोष स्थापना गरेका हुन । भोली शनिवार स्कुल बिदा हुने भएकाले आज उनले प्रधानाध्यापक रामबहादुर बिस्टलाई अक्षयकोषको रकम हस्तान्तरण गरेका छन् ।