धरान:रुद्र राम स्मृति प्रतिष्ठानमा १५ लाखको अक्षय कोष स्थापना भएको छ ।
प्रतिष्ठानका संरक्षक बिश्ववन्धु ताम्राकार तथा प्रतिष्ठानकी अध्यक्ष सुलोचना ताम्राकारले बिहिबार २५ औ वैवाहिक बर्षगाँठ मनाउदै १५ लाख रुपैयाको अक्षय कोषसमेत स्थापना गरेका हुन् । धरान १३ लक्ष्मी सडकस्थित धरान बैक्कटमा गरिएको कार्यक्रममा प्रतिष्ठानले ज्येष्ठ नागरिक ९९ सय वर्षीय तीर्थबहादुर श्रेष्ठ र १०२ वर्षीय चन्द्र कुमारी श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।
प्रमुख अतिथि वन तथा पशुपक्षी राज्य मन्त्री रामकुमारी चौधरीले समाजमा निरन्तर सामाजिक कार्य गर्न आग्रह गरेकी थिइन् । विभिन्न वहानामा हुने अनावश्यक खर्च गर्ने परम्परालाई तोड्नुपर्ने पनि उनले बताइन् । यस्तै, पुर्व स्वास्थ्य राज्यमन्त्री धनमाया बिक खनालले सामाजिक कुरितिहरुलाई समाजसेवाकै माध्यममबाट चिर्न सुझाव दिइन् ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक ताम्राकारले देशको लागि केही गर्नुपर्छ भन्ने उद्देश्य लिएर टिम तयार गरेको बताए । ताम्राकारले आउदो बर्षहरुमा अझै कोषमा रकम थप्ने र सामाजिक कार्य निरन्तर जारी राख्ने बताए । प्रतिष्ठानका वरिष्ठ सल्लाहकार काजिनाथ ताम्राकारले दिवङगत रुद्रप्रसाद ताम्राकारको जीवन यात्राबारे प्रस्ट पारेका थिए । यस्तै, स्व.रुद्र प्रसाद ताम्रकारको जीवनीमा आधारित रुद्र दाईया नामक पुस्तक पनि प्रमुख अतिथि एवं राज्यमन्त्री चौधरीले लोकापर्ण गरेकी थिइन् । यो पुस्तक स्वर्गीय ताम्रकारकय सहोदर भाईले लेखेका हुन् ।