धरान : गण्डकी र त्रिशूलीको संगमस्थलमा षटशिला एकादशीका दिन लागेको धार्मिक मेलामा करिब ३ लाख तीर्थयात्रीले एकादशी स्नान गरेको आयोजक समितिले जनाएको छ ।
एकादशीको अवसरमा आयोजित देवघाट महामहोत्सवमा ठुलो सङ्ख्यामा तीर्थयात्रीहरू सहभागी भएका छन् । महामहोत्सवको १२ औँ दिन शनिवार संगमस्थलमा स्नान गर्नेहरूको ठुलो भीड लागेको थियो ।
मातापिता सेवाश्रम परिसरमा तीर्थयात्रीहरूका लागि साँझ ६ बजेबाट निरन्तर भण्डाराको चलाइएको थियो । महोत्सवमा आउने तिर्थालुहरुको सङ्ख्यामा दैनिक रूपमा वृद्धि भइरहेकाले रात्रिकालीन बसोबासका लागि थप २० वटा विशेष क्याम्पिङ टेन्टहरू गरिएको छ ।
देवघाट दिव्य धाम निर्माणका लागि तिर्थालुहरुबाट गरिने जग शीला पूजामा लामो लाइन लागेको छ । उनीहरूले दिव्य धाम निर्माणमा योगदान पनि गरिरहेका छन् । महोत्सवमा दिनभर कथा, प्रवचन र भजन कीर्तन चलिरहेका छन् ।
गण्डकी नदीको किनारमा लाखौँ दीप प्रज्वलित गरी विशेष महाआरतीको आयोजना गरिएको थियो । महाआरती माघ महिना भर नै प्रत्येक साँझ ५ बजे हुने गरेको छ ।