धरान :धरान १५ स्थित युनाईटेड गोर्खा एकेडेमी बोडिङ स्कुलको आयोजनामा जिल्ला स्तरीय अन्तर स्कुल छात्रा/छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । आज बुधवार देखि सुरु भएको प्रतियोगिता युनाईटेड गोर्खा एकेडेमी कप २०८१ को ११ औँ संस्करण हो ।

जिल्ला स्तरीय अन्तर स्कुल छात्रा /छात्र भलिबल प्रतियोगिता युनाईटेड स्कुल परिसरमा भएको छ । प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका छन् । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्र टिम रहेको प्रतियोगिता संयोजक कर्मा शेर्पाले बताए ।

खेलको समुद्घाटन धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनप्रसाद लिम्बुले गरेका थिए । उद्घाटन खेलको अध्यक्षता स्कुलका अध्यक्ष नारायण प्रसाद राईले गरेका थिए ।

बुधवार भएको उद्घाटन खेलको छात्रा तर्फ सयपत्री बोडिङ स्कुल इटहरी,लर्ड बुद्ध ईन्टरनेशनल स्कुल रामधुनी, ज्ञानोदय मावि धरान १७, हिमशिखर सेकेन्डरी स्कुल इटहरी विजयी भएका छन्  । भने छात्र तर्फको खेलमा स्रकेड हर्ट ईग्ङलिस बोडिङ स्कुल, जनता सेकेन्डरी स्कुल इटहरी, बाल विकास ईग्ङलीस बोडिङ स्कुल पकली, पूर्वाञ्चल ईग्ङलीस बोडिङ स्कुल तरहरा, सुम्निमा ईग्ङलीस बोडिङ स्कुल धरान, लर्ड बुद्ध ईन्टरनेशनल स्कुल रामधुनी विजेता भएका छन् ।

पहिलो दिनको खेलको म्यान अफ द म्याच छात्रा तर्फ सयपत्री बोडिङ स्कुलका प्रसङ्गा राई, लर्ड बुद्ध स्कुलका स्वेच्छा चौधरी, ज्ञानोदय माविका छात्रा रश्मी राई, हिम शिखर तरहराका अनिता तामाङ भएका छन् । भने छात्र तर्फको म्यान अफ द म्याच समिट स्कुलका शुभम् शाह,जनता स्कुलका कमल श्रेष्ठ, सुम्निमा स्कुलका मिसेक लिम्बु, तरहरा मोडलका मिलन कार्की भएका छन् ।

खेलका म्यान अफ म्याचले नगद १२ सय रुपैयाँ सहित मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताको पहिलो दिनको खेलमा छात्रा तर्फ ८ वटा विद्यालयको र छात्र तर्फ १२ वटा स्कुलबिच प्रतिस्पर्धा भएको थियो । पहिलो दिनको छात्रा तर्फको खेलबाट सयपत्री बोडिङ स्कुल इटहरी, स्रकेड हर्ट ईग्ङलिस बोडिङ स्कुल, तरहरा मोडल स्कुल तरहरा, हाम्रो बोडिङ स्कुल इटहरी प्रतियोगिताबाट बाहिरिएको छ भने छात्र तर्फको खेलबाट समिट बोडिङ स्कुल धरान ९,विश्व आदर्श स्कुल इटहरी, हाम्रो बोडिङ स्कुल इटहरी, ज्ञान दर्पण एकेडेमी तरहरा, आईडियल ईग्ङलिस बोडिङ स्कुल धरान १४, तरहरा मोडल एकेडेमी  तरहरा प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा युनाईटेड गोर्खा एकेडेमी स्कुल धरान १५,सुम्निमा सेकेन्डरी बोडिङ स्कुल धरान, हिम शिखर ईग्ङलिस बोडिङ स्कुल तरहरा,डिपोट स्कुल धरान १८, धरान आदर्श बोडिङ स्कुल धरान १, तरहरा मोडल स्कुल तरहरा, बालबिकास स्कुल पकली, पूर्वाञ्चल स्कुल तरहरा, समिट बोडिङ स्कुल धरान ९ ,लर्ड बुद्ध एकेडेमी  झुम्का,ज्ञानोदय मावि धरान११, सेक्रेड हर्ट ईग्ङलिस स्कुल इटहरी, नमुना एकेडेमी तरहरा ,हाम्रो बोडिङ स्कुल इटहरी, शारदा बालिका स्कुल धरान१६, विश्व आदर्श इटहरी, ज्ञान दर्पण एकेडेमी तरहरा, नव किरण ईग्ङलिस स्कुल  रामधुनी, सयपत्री मावि पानवारी,आईडियल ईग्ङलिस बोडिङ स्कुल धरान१४, जनता मावि इटहरी सहभागी रहेका थिए ।

प्रतियोगिता माघ २३ गते देखि २६ गते सम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता संयोजक शेर्पा विजेताले नगद २५ हजार ,उपविजेताले २० हजार तेस्रोले १५ हजार सहित ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । प्रतियोगिता संयोजक शेर्पाले बताए ।

united-gorkha