वराहक्षेत्र : ग्रामीण क्षेत्रको विकाश, पर्यटकीय क्षेत्रको प्रवर्द्धन सँगै स्थानीयहरूको शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि उत्पादनको बजारीकरणसँग जोडिएको चतरादेखि सुर्यकुण्ड हुँदै धरानको बिष्णुपादुका सम्मको सडक कालोपत्रे हुने भएको छ ।
वराहक्षेत्र नगरपालिकाको चतरा मिलन चौकबाट सुर्यकुण्ड, वरडाँडाहुँदै धरानको बिष्णुपादुका जोड्ने उक्त पहाडी सडक कालोपत्रे हुने निश्चित भएको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताए । उक्त सडक कालोपत्रे गर्न डिपिआरका लागि सर्वे समेत सुरु भएको छ ।
नगर प्रमुख रमेश कार्कीका अनुसार मिलन चौकबाट सुर्यकुण्ड, वरडाँडाहुँदै धरानको बिष्णुपादुका जोड्ने उक्त ९ किलोमिटर सडक एसियाली विकाश बैङ्क (एडिबी) ले निर्माण गर्नेछ ।
पर्यटकीय क्षेत्रको प्रवर्द्धन, ग्रामीण पहाडी क्षेत्रको विकास र स्थानीय बासीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि उत्पादनको बजारीकरणसँग जोडिएको महत्त्वपूर्ण उक्त सडक कालोपत्रेका लागि भएको पटक-पटकको प्रयासले मूर्त रूप लिएको नगर प्रमुख कार्कीले बताए ।
चतरा मिलन चौकबाट सुर्यकुण्ड, वरडाँडाहुँदै धरानको बिष्णुपादुका जोड्ने उक्त पहाडी सडक कालोपत्रेसँगै एसियाली विकाश बैङ्क (एडिबी) ले वराहक्षेत्र नगरपालिका वडा नं.३ नडाहमा रहेको टेकाने कुञ्ज पार्कको भौतिक विकाससँगै सौन्दर्यीकरणको समेत काम गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        