धरान : श्री न्यू जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा कुल ८ करोड ८२ लाख ६० हजार ३९१ रुपैयाँको कारोबार गरेको छ । सोही अवधिमा सहकारीले खुद नाफा ८ लाख ३९ हजार २५८ रुपैयाँ कमाएको छ ।

सहकारीको शुक्रवार चुम्लुङ हिममा भएको २० औँ वार्षिक साधारण सभामा अध्यक्ष मन कुमारी याखाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त हिसाब प्रस्तुत गरेका हुन ।

साधारण सभाको उद्घाटन संस्थाका सदस्य तथा सल्लाहकार चन्द्रमाया वानेम लिम्बुले गरेको थिइन। उनले सहकारीले नागरिकको लगानी र भूमिकालाई जोड्न सके मात्र राज्य अगाडि बढ्न सक्ने बत्ताइन ।

साधारण सभामा ‘यसै गरी बचतकर्ता र असल ऋणीहरू २जनालाई सम्मान गरियो ।

संस्थाको कुल शेयर लगानी आव ०८१ ÷०८२ मा ७० लाख ३० हजार ८ सय रहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा महिला शेयर सदस्य ३९२ तथा पुरुष १५७ जना सहित कुल शेयर सदस्य सङ्ख्या ५४९ रहेका छन् । सहकारीले आर्थिक वर्ष ०८१ ÷०८२ मा कुल २४ लाख ७ हजार २७४ रुपैयाँ आम्दानी गरेको छ ।

लेखा समिति संयोजक कर्ण विक्रम लिम्बुले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सभा अध्यक्षता अध्यक्ष मनकुमारी याखाले गरेकी थिइन ।