धरान : नेपाल तरुण दलले धरान उपमहानगरपालिका १४ मा गरेको रक्तदान कार्यक्रममा ९४ पिन्ट रगत सङ्कलन भएको छ ।

धरान विजयपुर चौकमा नेपाल तरुण दलले गरेको कार्यक्रममा ९४ पिन्ट रगत सङ्कलन भएको हो ।

रक्तदान गर्नेहरू ९४ जसमा ६७ पुरूष र २७ जना महिला रहेका थिए । रक्तदान गर्नेहरूलाई प्रमाण पत्र र आवश्यक फलफूल र अण्डा वितरण गरिएको नेपाल तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले बताए ।

कोरोना सङ्क्रमणको बेला रगतको नहोस् भनेर रक्तदान कार्यक्रम गरेको नेपाल तरुण दल १४ वडा समितिको अध्यक्ष जीवन थापाले बताए ।