इटहरी :रुपन्देही, कपिलवस्तु र गुल्मीमा शनिबार साँझ थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन् ।

प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना रहेका छन्।

७ जना थपिए संगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।