इटहरी : बराहक्षेत्र नगरपालिकाले बनाएको क्वारेन्टाइनका तिन जनामा कोरोना पुष्टी भएको छ । बराहक्षेत्र  नगरपालिकाले बनाएको चक्रघट्टी स्थित महेन्द्र माविको क्वारेन्टाइनका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार ३० जनाको पिसिआरको लागि स्वाब संकलन गरी बिराटनगरमा परिक्षण गरिएको थियो । हाल उनीहरुलाई गोठगाँउ स्थित पूर्वाञ्चल क्याम्पसमा रहेको आइसोलेसन वार्डमा लाने तयारी हुदै गरेको नगरपालिका स्रोतले जनाएको छ ।

गत जेठ ११ गते भारतबाट सुनौली नाका हुदै आएका तीन जनामा कोरोना सङ्क्रमण देखिएका बराहक्षेत्र वार्ड नंं. ८ का दुईजना र वार्ड नं. ७ का १ जना रहेका छन् ।