धरान : दुई महिना अघि छुरा प्रहार गरेर फरार भएका युवालाई गत शुक्रबार धरान-१५ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेमा धरान-१५ नयाँसडक बस्ने १८ बर्षीय निश्चल लिम्बु रहेका छन् । उनले गत बैशाख ५ गते शुक्रबार राती करिब ९ बजे १८ बर्षीय केशव राईलाई पेट र शरीरका अन्य भागमा छुरा प्रहार गरि फरार भएको प्रहरीले जनाएको छ । 

घटनामा प्रयोग भएको छुरा सोही दिन प्रहरीले वरामद गरेको र घाइते बनाइ निश्चल फरार रहेको ब्यहोराको ज्यान मार्ने मुद्यामा जाहेरी दरखास्त भई अदालतबाट निश्चल लिम्बुको पक्राउ पुर्जि आएपछि खोजतलासि गर्ने क्रममा गत शुक्रबार गरिएको प्रहरीको भनाइ छ । 

आइतबार उनलाई जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा  अनुसन्धानको लागि म्याद थप गरिको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।