दिक्तेल : खोटाङको दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका वडा नं. ३ बाम्राङमा खेलमैदान निर्माण सुरु भएको छ । खेलमैदान निर्माणका लागि स्थानिय स्वर्गिय पदमध्वज राईको परिवारले २५ रोपनी बराबरको जग्गा निःशुल्क खेलकुद समिति बाम्राङलाई उपलब्ध गराएपछि खेलमैदान निर्माण सुरु भएको हो ।

आर्थिक वर्ष २०७६,०७७ मा वडा कार्यालयबाट ४ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएपछि बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु भएको हो । खेलकुदको व्यवसायीक बिकासमा टेवा पुर्याउने लक्ष्यका साथ स्थानीयको सहकार्यमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु गरिएको बाम्राङ युवा क्लबका अध्यक्ष किर्तमान राईले बताए । उनले कोभिड-१९ महामारीका कारण शिलान्यास नगरी खेलमैदान निर्माणको काम थालिएको बताए ।

लुम्बिनी विकास कोषका का. मु. सदस्य सचिव ज्ञानिन राईले बाम्राङको खेल विकासको लागि दिबंगत पिताको नाममा निःशुल्क जग्गा प्रदान गरिएको बताए । कोविड १९ महामारीका कारण विधिवत शिलान्यासको कार्यक्रम गर्न गाउँ पुग्न नसकेको उनले बताए । साथै उनले खेलमैदान निर्माणमा जुटेका सम्पूर्ण वडाबासी प्रति धन्यवाद व्यक्त गरे ।

khotang-2

सोही वडाका वडाध्यक्ष ललित राईले बाम्राङमा खेलमैदानको अति आवश्यक रहेको तथा वडाबासीको मागलाई मध्यनजर गर्दै खेलमैदान निर्माण गर्न सुरु गरिएको बताए । वडाध्यक्ष राईले अब खेलमैदान निर्माण भइसकेपछि गाउँ र राष्ट्रको नाम चिनाउने खेलाडी उत्पादन  गर्न सफल हुुने हुने बताए । वडाध्यक्ष राईले भने, “बाम्राङको खेल विकासको लागि निःशुल्क जग्गा उपल्ब्ध गराउनुभएकोमा आदरणिय स्वर्गिय दाजु पदमध्वज राईका परिवारलाई धन्यबाद व्यक्त गर्दछु ।”

उक्त खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष भरत राईले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीका कारण खेलमैदान औपचारिक रुपमा सिलान्यास गर्न बाँकी रहेको बताए । उनले वडाबाट ४ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएपछि अहिले खेलमैदान निर्माण सुरु गरिएको बताए ।

खेलकुद समिति बाम्राङले खेलमैदान निर्माण भएपश्चात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत सम्पुर्ण जिल्लाबासि खेलप्रेमिहरुलाई सहज हुने दाबी गरेको छ । साथै खेलकुद समिति बाम्राङले खेलमैदान निर्माणका लागि सहयोगको अपिल समेत गरेको छ ।