धरान : नेपाल खानेपानी संस्थान धरानका शाखा प्रमुख रामकुमार श्रेष्ठको अगुवाइमा गएको समूहले धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बन्दै गरेको इन्टेकमा बिछ्याइएको पाइपलाइन तोडफोड गरेको छ ।

धरान १३ फुस्रेमा बनेको खानेपानी फिल्टर प्लान्टमा ल्याउनका लागि बनाइएको सर्दुको इन्टेक र खर्दुको सेडिमेन्टेन्सन टङ्कीबाट आएको पाइपमा क्षति हिजो पुगेको सो समूहले क्षति पुर्‍याएका छन् ।

बर्खा याममा धमिलो पानी खान बाध्य धरान बासीलाई धरान १३ को फुस्रेमा बनेको धरान खानेपानी आयोजनाको फिल्टर प्लान्टमा पानी ल्याउनका लागि बन्दै गरेको इन्टेक र पाइपमा धरान खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठको अगुवाइमा पुगेका हर्क साम्पाङ, कृष्ण गौतम, मदन राई लगायतको २५,३० जनाको समूहले तोडफोड गरेको बताइएको छ ।

सर्दुको इन्टेक र खर्दुको सेडिमेन्टेन्सन टङ्कीबाट फिल्टर प्लान्टमा ल्याउन जडान गरिएको पाइप तोडफोड गरी फुटाइएको छ भने अहिले फिल्टर प्लान्टमा पानी आउन पुरै बन्द भएको आयोजना प्रमुख इन्जिनियर राजु पोख्रेलले बताए ।

खानेपानीको मुहानमा पुगेर तोडफोड गरिएको बारेमा धरान प्रहरीले घटना स्थलमा पुगेर मुचुल्का उठाउन गएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनले भने टोली गएको छ मुचुल्का उठाएर आउदैछ । तोडफोडबाट करिब डेढ लाख बरावरको क्षति भएको प्रमुख पोख्रेलले बताएका छन् ।

धरानमा संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण गर्ने विषयमा संस्थान र बोर्डबिच विवाद हुँदै आएको छ । प्रहरीले मुचुल्का उठाएर ल्याएको प्रतिवेदन सहित साँझ सम्ममा क्षतिको विवरण सहितको प्रतिवेदन धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई बुझाउने तयारी भइरहेको छ ।

धरान १३ फुस्रेको फिल्टर प्लान्टमा अहिले १ सय लिटर प्रतिसेकेन्ड पानी आइरहेको र सो धमिलो पानीलाई फिल्टर गरेर सुद्ध बनाई वितरण गर्न सुरु गरिएको थियो । संस्थानले वितरण गरेको पानी धमिलो र लेदो मिसिएको भएकोले संस्थानको सबै पानी फिल्टर प्लान्टमा हालेर वितरण गर्नका लागि खानेपानीको मुहान सर्दु र खर्दुमा काम भइरहेको थियो । त्यसैलाई भत्काइएको हो ।

Khanepani-1 Khanepani-3