झापा : झापाको गौरादह नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगर भित्रका केहि क्षेत्र सिल गर्ने निर्णय गरिएको छ ।

गौरादह नगरपालिकाले सोमबार आकस्मिक रुपमा बोलाएको जनप्रतिनिधि ,राजनीतिका दल तथा उधोग वाणिज्य संगका प्रतिनिधि सहितको सर्बपक्षिय भेलाले संक्रमित समुदायमा संक्रमणको जोखिम देखिएको भन्दै सोमबार बेलुका १२ बजेदेखि अर्को सुचना नभए सम्मका लागि वडा न. ६,७ र ८ का पुरै तथा ५ का केहि भाग सहित सिल गर्ने निर्णय गरेको हो ।

साउदीबाट आएर क्वारेन्टाइनमा रहेका ३ जना र सशस्त्र प्रहरी बल इलाममा कार्यरत रही घर आएका २ जनामा संक्रमण देखिएको हो ।