धरान : माउण्ट एभरेष्ट वाइनरीको उत्पादन प्रिन्सेस वाइन बजारमा आउँने भएको छ । धनकुटामा उत्पादन हुने किवी फलबाट तयार गरीएको वाइन लकडाउनकै बीच बजारमा आउने भएको छ ।

ुपूर्वी पहाडी जिल्लामा उत्पादन भएका किवी फल तथा अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेका छौं,’ कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले भने । केहि दिनमै नेपाली बजारमा वाइन उपलब्ध हुने उनले बताए ।

उत्पादनको काम सकिएको र बजारमा लैजान मात्र बाँकी रहेको प्रवन्ध निर्देशक बास्तोलाले बताए ।
'लकडाउनको कारण हामीले उत्पादन गरेको वाइन बजारमा लैजान सकेको थिएनौ' उनले भने । हामी अब केहि दिनमै वाइन बजारमा लैजाँदै छौ उनले भने । नेपाली युवायुवतीलाई लक्षित गरी उत्पादन गरेको वाइन अन्य भन्दा फरक रहेको कम्पनीले बताएको छ ।

किवी र धनकुटामै उत्पादन भएको फलफूलबाट बनाइएको अर्गानिक प्रिन्सेस वाइनको पूर्वी नेपाल सँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ । 'नेपालको प्रमुख सहरहरुमा व्यापार केन्द्रित गर्दै जापान सम्म लैजाने तयारीमा छौ' उनले भने ।

धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषक लाभान्वित भएका छन । रातो र सेतो वाइन बजारमा लैजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताए । 'हाम्रो वाइन नेपाली युवायुवतीले मात्र नभई विदेशीले पनि मन पराउँनेछन ' उनी भन्छन् ।

पहाडी क्षेत्रमा उत्पादित सबै आर्गनिक फलफूललाई पहिलो प्राथमिकता दिएर उत्पादन गरेको वाइनको बजारमा लैजाने अन्तिम तयारी भएको कम्पनीले जनाएको छ । लकडाउनको कारण उत्पादन भएको वाइन बजार सम्म पुर्याउन केहि ढिला भएको भन्दै तत्काल बजार लैजाने तयारी गरेको हो ।