सुनसरीमा २२ सहित प्रदेश एकमा शनिवार ५९ सङ्क्रमित थपिए, ७१ जना डिस्चार्ज

  • आश्विन ३, २०७७
  • ३९० पटक पढिएको
  • कपुरी न्यूज
alt

विराटनगर : प्रदेश १ मा शनिवार ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरिमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको बिर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा सङ्क्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ४९६ पुगेको छ । प्रदेश १ बाट शनिवार  ७१ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ४५, गढी आइसोलेसन केन्द्र, सुनसरीबाट १४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, वि जनरल अस्पताल आइसोलेसन हरिनगर, सुनसरीबाट ३ जना, मारवाडी सदन आइसोलेसन, कालिसदन आइसोलेसन विराटनगरबाट १-१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ५०३ पुगेको छ ।  प्रदेश १ मा आज १ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved