धरान : धरानमा आज जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका २ ट्राफिक प्रहरी संगै  ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज थपिएकामा सबै भन्दा धेरै धरान -७ का ९ जना रहेका छन् ।

धरान-७ मा एक जना प्रहरीमा कोरोना सङ्क्रमण भएको र उनको कनट्र्याक्ट ट्रेसिङका ८५,६७,२२,१९,४७,३३,२५,६० वर्षीय महिला र १ जना ७ वर्षीय बालिका सहित ९ जना, धरान - १२ का २९ र ३० वर्षीय पुरुष सहित २८ वर्षीय महिला गरी ३ जना, धरान-३ मा २९ र २६ वर्षीय पुरुष गरी २ जना, धरान-१७ मा ४७,५९ वर्षीय पुरुष र १ जना ५० वर्षीय महिला, धरान -१३ का २७ वर्षीय महिला, ४३,२२ वर्षीय पुरुष र अर्को सङ्घीय प्रहरी कार्यालयका एक जना २७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी धरान-१६ का ५० र १९ वर्षीय महिला, धरान-८ का ४५ र २७ वर्षीय जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी रहेको स्वास्थ्य महाशाखाका प्रमुख मेहेताले बताए ।

धरान-१२ का ३८ वर्षीय महिला र ४८ वर्षीय पुरुष, धरान-२ का २१, २४ वर्षीय महिला र ४८ वर्षीय पुरुष र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ र १८ वर्षीय महिला रहेका छन् । भदौ २ गते एन्फा क्वारेनटाईन र धरान-१२ अमान बजारमा लिईएको १ सय ८० जनाको स्वाब मध्येबाट ३२ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।