धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा इनरुवाका कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार इनरुवा नगरपालिका १ का ८३ वर्षीय एक जना वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यो सँगै प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु सङ्ख्या ६९ पुगेको छ ।