धरान : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोसी प्रदेश संयोजक सरोज श्रेष्ठले सुनसरीमा देवानगञ्जबाट सुरु भएको घट्नाले पूर्व पश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध भएको अवस्थामा यातायात व्यवसायीहरूलाई विकल्पमा मदन भण्डारी राजमार्ग प्रयोग गर्न अनुरोध गरेका छन् ।
सुनसरी देवानगंजको घटनाले इटहरी सम्म लामो दुरीका सवारीहरूलाई ठाउँ ठाउँमा जुलुस प्रदर्शन कर्फ्यु अवरुद्ध गरेको अवस्थामा उक्त विकल्प प्रयोग गर्न संयोजक श्रेष्ठले अनुरोध गरेका हुन । 
श्रेष्ठद्वारा कपुरी न्युजलाई सम्प्रेषण गरिएको संक्षिप्त विज्ञप्तिमा भनेका छन् ‘देवानगञ्जको घट्नाको कारण प्रशासनले कर्फ्यु जारी राखेपनि केही स्थानमा आन्दोलन जारी रहेकोले इटहरी, पकलि, दुहबी लगायतमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेका छन् ।’
‘आन्दोलनकारीको कारण झापा, विराटनगर, धरान हुँदै पश्चिम काठमाडौँ लगायत स्थान तर्फ जाने सवारी साधनले धरान भोटेपुल हुँदै मदन भण्डारी राजमार्ग प्रयोग गरी सडकको अवस्था बुझेर पश्चिम रुट सवारी साधन सञ्चालन गर्न सबैमा हार्दिक अनुरोध गर्दछु’ भनिएको छ ।
tanab-grasta 3