धरान : आज साँझ पक्राउ परेका देशीलाइनका तीन व्यवसायी बेलुका रिहा भएका छन्।
साँझ करिब ६ बजे प्रहरीले पक्राउ गरेका भूपाल राई, कृष्ण वर्णवाल (मिठु) र स्वहेव अन्सारीलाई बेलुका करिब ८ बजे रिहा गरिएको हो।
उनीहरूको रिहाइकालागि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघा, वडा २ का अध्यक्ष रमेश राई, सन्ध्या श्रेष्ठ, वडा ३ का सदस्य मिङमा भोटे, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठ, विष्णु बराल, नवीनराज भण्डारी लगायत राजनैतिक दलका प्रतिनिधिहरूले प्रहरीसँग रिहाइको पहल लिएका  थिए।
देशीलाइन सडक दुईतर्फी सञ्चालनको माग गर्दै आन्दोलनरत व्यवसायीहरूले कोशी राजमार्गमा चल्ने सवारी साधन रोक्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई बिहीबार साँझ नियन्त्रणमा लिएको थियो।