धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा आइतबार धरानमा सामाजिक सद्भाव र्‍याली आयोजना गरिएको छ । 

railly-2सामाजिक एकता,धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गरौँ’ नारा सहित र्‍याली भानुचोकबाट सुरु भई छाता चोक, सिंहदेवी चोक, माछाभौडी हुँदै पुनःभानुचोकमा पुगेर कोणसभामा परिणत भयो ।

कोणसभामा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले धरान विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा थलो भएको उल्लेख गर्दै एउटै आँगनमा हिन्दु, मुस्लिम, किराँत, बौद्ध र क्रिश्चियन समुदाय मिलेर बसेको उदाहरण देशभर फैलाउनुपर्ने बताए ।

उनले भने ‘विभाजनकारी सोचले समाजमा फैल्याउन खोज्ने असहिष्णुता विरुद्ध सबैले संयमता अपनाउँदै सामना गनु पर्छ ।’ पारस्परिक सम्मान र सहअस्तित्व नै धरानको पहिचान भएकोले असहिष्णुतालाई संयम र सद्भावले पराजित गर्नुपर्ने उनको भनाई थियो ।

बेघाले धरान पहाड, तराई र मधेसबिचको सांस्कृतिक सेतुका रूपमा रहेको बताए । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले र्‍याली सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जतिय, धार्मिक र समुदायप्रति धन्यवाद व्यक्त गरे ।

raily3