धरान : धरानमा दुई साता देखी खाना पकाउने ग्यासको हाहाकार छ । गएको साता देखी ग्यासका स्थानीय डिलरहरूले उपभोक्ताको सिलिन्डरमा क्यु पालोको नम्बर लेखाएर पर्खाइ रहेका छन् । 
इजरायल–इरानको युद्धले उत्पन्न सङ्कटको बेला आधा ग्यासको सिलिन्डर बेची रहेको अयाल निगमले पुरा सिलिन्डर ग्यास दिने भने देखी नै बजारमा ग्यासको हाहाकार भएको हो । 
पुरा सिलिन्डर ग्यास दिने भनेको नेपाल आयल निगमले शनिवार उपभोक्तालाई प्रेस विज्ञप्ती भने दिएको छ । चाहिए जति ग्यास आउँछ भनेर उपभोक्तालाई आश्वास्त बनाउन निगमले विज्ञप्तिमा बजारमा एलपी ग्यासको अभाव नरहेको जनाएको छ ।
निगमको भनाई छ ‘आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्नु, दैनिक माग अनुसार एलपी ग्यासको आयात तथा आपूर्ति नियमित रूपमा भइरहेको भैरहेको छ ।’ 
मिडियामा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ती अनुसार १४ दशमलव २ केजी एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था मिलाइसकिएको छ । 
ग्यास उद्योगहरूलाई बजारमा सहज आपूर्ति कायम राख्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिइएको छ। खरिदकर्ताको नाम,ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर बिक्री गर्न पनि आग्रह गरिएको छ।
ग्यासको बढ्दो मागलाई मध्यनजर गर्दै साउन १६ गते शनिवारदेखि निगमको ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गरिने व्यवस्था मिलाइएको निगमले जनाएको छ। ग्यास पर्याप्त मात्रा छ अनावश्यक ग्यासरुपमा भण्डार नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । 
ग्यास प्राप्त गर्न समस्या भए कार्यालय समयभित्र निगमको हटलाइन ०१–५४७९१०२ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
विज्ञप्तिमा निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित भइरहेकाले ग्यास अभावको हल्लामा नलाग्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गरी अनावश्यक मौज्दात नगर्न सबै उपभोक्तासँग आग्रह गरेको छ।