धरान : धरान उपमहानगरपालिकाले देशीलाइन दुई तर्फी गाडी चल्न दिने माग गर्दै आन्दोलित व्यवसायीहरूलाई वार्ताका लागि लिखित रूपमा औपचारिक आव्हान गरेको छ ।
कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले आज बिहीबार औपचारिक रूपमा पत्र लेखी भोली शुक्रवार बिहान ७ बजे छलफलका लागि धरान उपमहानगरपालिका कार्यपालिकाको सभा हलमा निमन्त्रणा गरेको हो ।
‘आदरणीय धरान–२, देशीलाइनबासी आमाबुवा, दाजुभाई, दिदीबहिनी एवं व्यवसायी मित्रहरूमा हार्दिक अनुरोध’भनी सम्बोधन गरिएको पत्रमा ‘दुई दिन देखी यहाँहरूले उठाउनु भएका माग, गुनासा, तथा सरोकारहरूप्रति उपमहानगरपालिका पूर्ण रूपमा जानकार रहेको’ उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन,प्रचलित कानुन तथा संविधानद्वारा प्रत्याभूत नागरिक अधिकारको सम्मान गर्दै समस्याको समाधान संवाद, छलफल, सहकार्य र आपसी समझदारीका आधारमा खोजिनु पर्ने मान्यतामा उपमहानगरपालिका प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरिएको छ ।
पत्रको पूर्ण विवरण यस्तो छ–
































































