इटहरी : सुनसरीको इटहरी सद्भाव र्‍यालीको आयोजना गरिएको छ । देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबिच भएको झडपले धार्मिक तथा सामाजिक सद्भाव बिग्रिएको  भन्दै र्‍याली निकालिएको हो ।
नागरिक समाज इटहरीको आयोजनामा मुख्य चोकबाट सुरु भएको र्‍याली मुख्य बजार परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री रामकुमार सुब्बाले सामाजिक तथा धार्मिक एकताको लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए । इटहरी विगतका कुनैपनी आन्दोलन र द्वन्द्वमा विभाजित नभएको स्मरण गराउँदै पुनः सामाजिक एकतामा जोड दिन आग्रह गरे । 
देवनगन्जको घटना पछि देशैभर विभिन्न आन्दोलन र तोडफोड हुन थालेका छन् । सुनसरीका विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि कर्फ्यु आदेश जारी गरिएको छ ।
विवादलाई थप बढाउन नदिन सुनसरीको हरिनगर गाउँपालिकामा सर्वदलीय बैठक बोलाइएको छ । बुधवार नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समेत सर्वदलीय बैठक आह्वान गरेका छन् ।