सङ्घीय सांसद जयकुमार राईबाट बराहक्षेत्रमा आदर्श माविको भवन उद्घाटन

  • मंसिर १२, २०७७
  • ३१५ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : बराहक्षेत्र–२ मा रहेको आदर्श माविको नवनिर्मित भवनको शुक्रवार उद्घाटन भएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ का सङ्घीय सांसद जयकुमार राईबाट प्राप्त रकमबाट विद्यालयको दुई तले भवन निर्माण सम्पन्न भएको हो । शुक्रवार सांसद जयकुमार राईले भवनको उद्घाटन गरेका हुन् ।

२० लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राईले विद्यालयको शैक्षिक विकासका लागी सङ्घीय सरकारले महत्त्वका साथ हेरिरहेको बताए । उनले शिक्षाको क्षेत्र अहिले आइटिको युगमा प्रवेश गरेको भन्दै सोही अनुरूप शिक्षाको विकास गरिने बताए ।

सरकारले अहिले निःशुल्क शिक्षाको अवधारणा अघि सारेको भन्दै ग्रामीण भेगमा समेत प्राविधिक शिक्षा र व्यवहारिक शिक्षाको विकास गर्न सरकारले योजना बनाइसकेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक प्रल्हाद भट्टराईले विद्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउन सबै पक्ष लागि पर्न आह्वान गरे ।

उनले सङ्घीय सांसद जयकुमार राईले आदर्श माविको भवन बनाउन पहल गरी बजेट विनियोजन गरिइदिनुभएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताए । प्र.अ. भट्टराईले आदर्श माविमा बराहक्षेत्रको मात्र नभई उदयपुर तथा भोजपुरको दक्षिणी भेगबाट समेत विद्यार्थी आएर अध्ययन गर्ने भएकोले विद्यालयको विकासका लागी तीनै तहका सरकारबाट सहयोग हुनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद उमिता बराइली, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, २ नं. वडाका वडाध्यक्ष हरिशरण भट्टराई, ४ नं. वडाका आशाराम चौधरी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved