धरान : धरानका दुई युवालाई लागु औषध, हातहतियार र नगद सहित धरान प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ धरान १० धर्म पथका ४८ वर्षीय पूर्ण बहादुर लिम्बु, ५० वर्षीय साखुरा लिम्बुलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् ।

पूर्ण बहादुरको घरमा लागु औषध सञ्चित गरी बिक्री वितरण गरी रहेको विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय धरान र १ नं. प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोली खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट DIALEX-DC 100 ml लेखिएको बोतल ३६ थान, ७२ spasmo-proxyvon® plus लेखिएको क्याप्सुल ७२ थान, ६ पत्ता Nitrosun® 10 लेखिएको ट्याब्लेट, नगद रु २९ हजार ५ सय, १ थान एयर गन, १ थान तरबार, २ थान चक्कु , १ थान छुरी र १ थान प्लास्टिकको नक्कली खेलाउने पेस्तोल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Hathatiyar-sahit-pakrau-2