धरान : लकडाउनले अर्थतन्त्र थिलथिलो बनेको बेला धरानमा करिब १७ करोडको लगानीमा 'ब्राइट फिड' नामक दाना उद्योग सञ्चालनमा आएको छ ।

पशुपन्छीको दाना उत्पादन गर्न धरानको औद्योगिक क्षेत्र भित्र ब्राइट फिड प्रा.ली. नामक उद्योगको उद्घाटन शनिवार प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायले गरेका छन् ।

पशुपक्षी पालन गर्ने कृषक, पशुपक्षीको दाना वितरण गर्ने वितरक, पशु पोषणविद् तथा पशु चिकित्सकहरू समेत २० जनाको समूहले फर्म सञ्चालनमा ल्याएको हो।

कुखुरा, बङ्गुर, गाई, भैँसी, माछा लगायतको गुणस्तरीय तथा सन्तुलित आहारा उत्पादन गर्ने उद्देश्यले एनिमल फिड प्लान्ट स्थापना गरिएको सञ्चालक गोपाल श्रेष्ठले जानकारी दिए।

उद्योगको प्लान्टबाट प्रति दिन २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता रहेको सञ्चालक गोपाल श्रेष्ठ बत्ताउँछन् । उद्योगले व्यवसाय विस्तारका लागी थप २० करोड लगानी गर्ने योजना रहेको बताए।

कम्पनीमा ५० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको र अप्रत्यक्ष रूपमा २०० जना भन्दा रोजगारी पाउने छन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भीम आचार्यले महामारीको समयमा पनि उद्योग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे।

उद्योग स्थापना हुनु आफैमा महत्त्वपूर्ण रहेको बताउँदै उनले रोजगारी सृजना र उत्पादन वृद्धिमा उद्योगको भूमिका महत्त्वपूर्ण भएकाले आफै उद्घाटन गर्न आएको बताए । कार्यक्रममा सहभागी धरानका मेयर तिलक राईले उद्योगको सफलताको शुभकामना व्यक्त गरे थिए।

factory-12345

factory-5

विश्वासको मत पाउँछु : मुख्यमन्त्री आचार्य

Bhim-Achareya 1

प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले आफूले विश्वासको मत पाउने दाबी गरेका छन् ।

एमाले विभाजित भए पनि विश्वासको मत पाउने उनको भनाई थियो । आज धरानमा-८ को औद्योगीक क्षेत्र भित्र १७ करोडको लगानीमा सुरु भएको उद्योग ब्राईट फिड प्रालिको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सो दाबी गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले भने ‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनै पर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु ।’ राजनीतिमा जे पनि हुने भन्दै उनले भने,‘ नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरूसँग छलफल भइरहेकै छ ।’

विकास निर्माणको काममा तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति-सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको मुख्यमन्त्री आचार्यले बताए ।