इटहरी : मोरङको बुढीगंगा गाउँपालिकाकी एक दिने अध्यक्ष १६ बर्षीया सुस्मीता ऋषिदेवले बालविवाह विरुद्ध अभियान चलाउने निर्णय गरेकी छिन् ।

ऋषिदेवले बालविवाह न्युनिकराणको लागी अभियान चलाउने गरी निर्णय गरेकी हुन् । ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा अध्यक्ष बालचन्द्र माझीले एक दिनका लागी १६ वर्षीय ऋषिदेवलाई नेतृत्व हस्तान्तरण गरेका हुन ।

उनले एक दिनमा ३ वटा निर्णय गरेकी छिन् । स्थानीय शासनमा बालबालिकाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम गर्नकोलागि ५० हजार विनियोजन गर्ने पहिलो निर्णय छ ।

पालिका भित्र बालविवाह न्यूनीकरणका लागि प्रचार प्रसार,पोस्टरिङ, तथा चेतनामूलक सन्देश प्रवाह गरिने भएको छ । त्यसका साथै बुढीगंङ्गा गाउँपालिका भित्रका प्रत्येक पूर्वाधारलाई बालमैत्री बनाउन सुरुवात गर्ने निर्णय भएको हो । उनले गरेका निर्णयहरू कार्यपालिका बैठकले अनुमोदन गर्ने अध्यक्ष माझीले जानकारी दिए ।

राष्ट्रिय बालअधिकार परिषद्को सहजीकरण, बाल हेल्प लाइन १०९८, प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्र १०४ को समन्वयमा उनी अध्यक्ष नियुक्त भएकी हुन् । साँझ ५ बजे बसेको गाउँपालिकामा समीक्षा बैठकले पुनः बालचन्द्र माझीलाई कार्यभार हस्तान्तरण गरेको छ ।